दफा ३८३
बहालमा दिएको मानिने

कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयको लागि कुनै व्यक्तिलाईउपयोग गर्न दिएकोमा बहालमा दिएको मानिनेछ ।

स्पष्टीकरणः: यस परिच्छेदको प्रयोजनको लागि “घर” भन्नाले कुनै घर, घरको तल्ला, एकाई, कोठा वा त्यस्तो घरले चर्चेको जग्गा वा लगापात समेत सम्झनु पर्छ ।